Logo

सपथसँगै के गर्दैछन् प्रधानमन्त्री देउवा ? यस्तो छ कार्यक्रम !

सपथसँगै के गर्दैछन् प्रधानमन्त्री देउवा ? यस्तो छ कार्यक्रम !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएसँगै सहिदगेटमा माल्यार्पणका लागि जाने भएका छन् ।

राष्ट्रपति भवन सितल निवासमा अहिले १ बजेर ५७ मिनेटमा सपथ लिए पछि सहिदगेटमा माल्यापर्ण गरेर लैनचौर स्थित सहिद पार्क जाने भएका छन् ।

त्यसलगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर जबरा, गणेशमान श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको फोटोमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

पार्टीकार्यालय सानेपामा पुगेर नेताहरुको फोटोमा माल्यापर्ण गरेपछि मात्र पदभार ग्रहणका लागि सिंहदरबार जाने कार्यक्रम रहेको देउवा निकट एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL