Logo

साइत अनुसार १ बजेर ५७ मिनेटमा सपथ लिँदै देउवा, यसरी बिस्तार हुँदैछ मन्त्रीमण्डल !

साइत अनुसार १ बजेर ५७ मिनेटमा सपथ लिँदै देउवा, यसरी बिस्तार हुँदैछ मन्त्रीमण्डल !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नवनिर्वाचि प्रधानमन्त्री शेरबहादुर देउवाले आज १ बजेर ५७ मिनेट जाँदा राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सितल निवासमा सपथग्रहण लिने भएका छन् । ज्योतिष शास्त्र अनुसार साइत हेराएर देउवाले १ बजेर ५७ मिनेटको शुभ साइतमा सपथ लिन लागेका हुन् ।

देउवाले आफ्नो सपथसँगै आज नै मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् । उनले आफ्नो पार्टीकोतर्फबाट ३ जना, सत्तासाझेदार माओवादी केन्द्रकोतर्फबाट २ जना र फोरम लोकतान्त्रिकबाट १ जना सहितको मन्त्रिमण्डल बिस्तार गर्न लागेको समाचार स्रोतले जानकारी दिएको छ ।

जस अनुसार नेपाली कांग्रेसकोतर्फबाट अर्थ मन्त्रालयको जिम्मेवारी महेश आचार्यले सम्हाल्दै छन् भने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाले निश्चित जस्तै भएको छ । भौतिक मन्त्री हुन लागेको भन्दै कार्कीलाई बिहानै देखि निर्माण व्यवसायीले सामाजिक संजालमार्फत बधाई समेत दिइसकेका छन् ।

देउवाले गोपालमान श्रेष्ठलाई उपप्रधान सहित सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी दिएर आजै मन्त्रिमण्डलमा लैजाने तयारी गरेको कांग्रेस निकट एक उच्च अधिकारीले जानकारी दिए ।
यसैगरी फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छादार पनि उपप्रधान सहित संघीय मामिला तथा स्थानीयन विकास मन्त्रालयको जिम्मेवारी लिएर आजै मन्त्रीमण्डलमा जाने भएका छन् ।

माओवादी केन्द्रले आजै मन्त्रीमण्डलमा २ जना मन्त्री पठाउने तयारी गरेको छ । तर कसलाई पठाउने भन्ने विषयमा हाल छलफल भइरहेको केही समयभित्रै टुङ्गो लाग्ने माओवादीका एक केन्द्रीय नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL