Logo

नेपालको ४० औं प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा निर्वाचित

नेपालको ४० औं प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा निर्वाचित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको ४० औं प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा उनले ३ सय ८८ मत ल्याउँदै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

मंगलबारको संसद बैठकमा उपस्थित कुल ५ सय ५८ सभासदहरुमध्ये देउवाको पक्षमा ३ सय ८८ र विपक्षमा १ सय ७० जनाको मत परेको थियो । उनी गणतान्त्रिक नेपालको उनी नवौं प्रधानमन्त्री हुन् ।

देउवा १२ बर्षपछि पून प्रधानमन्त्री भएका हुन् । २००३ जेठमा डडेलधुराको रुवाखोलामा जन्मिएका देउवा विसं २०५२ मा प्रथम पटक प्रधानमन्त्री बनेका थिए । आज उनी नेपालको चौथौ पटक पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका थिए भने त्यसमा कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL