Logo

सिंहदरबारबाट बिदा भए प्रम दाहाल, भन्छन् ‘कर्मचारीको सहयोगले कार्यकाल सफल भयो’

सिंहदरबारबाट बिदा भए प्रम दाहाल, भन्छन् ‘कर्मचारीको सहयोगले कार्यकाल सफल भयो’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरवारबाट बिदा भएका छन् । उनी सोमबार सिंहदरबारबाट बिदा भएका हुन् ।

सो अबसरमा उनले कर्मचारीलाई नयाँ प्रधानमन्त्रीको स्वागतका लागि तयार रहन समेत आग्रह गरे । उनले आफ्नो कार्यकालमा कर्मचारीहरुबाट राम्रो सहयोग पाएको बताए ।

उनले मूख्यसचिव सोमलाल सुवेदीको पनि प्रशंशा गरेका थिए । सो अबसरमा मूख्यसचिव सुवेदीले पनि आफूले चार जना प्रधानमन्त्रीसँग काम गर्ने अवसर पाएकोमा प्रचण्डमा भएको जस्तो लिडरसिप र राजनीतिक इच्छाशक्ति अरुमा नभएको बताए ।

कर्मचारीको सहयोगले आफ्नो कार्यकाल सफल भएको भन्दै संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, लोडसेडिङ अन्त्य तथा आर्थिक वृद्धिदर आफ्नो सरकारको उल्लेखनीय काम भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL