Logo

भरतपुरमा पून: मतदानको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्बोच्चको आदेश

भरतपुरमा पून: मतदानको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्बोच्चको आदेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सर्बोच्च अदालतले भरतपुरमा पूनः मतदानको निर्णय २८ गतेसम्म लागु नगर्न अन्तरिम आदेश दिएको छ । सर्बोच्चले वडा नं. १९ मा पुनः मतदान गर्ने निर्बाचन आयोगको निर्णय  २८ गतेसम्म कार्यान्वयन नगर्न आदेश दिएको हो ।

भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै वडा सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दायर गरेका थिए ।

सो रिट निवेदनको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले २८ गते दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्ने भनेको छ ।

त्यसबेलासम्म हालको प्रकियालाई यथास्थितिमा राख्न निर्देशन दिएको छ । रिट निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसियनका पूर्व अध्यक्ष शम्भु थापा, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बहस गरे ।

प्रतिक्रिया दिनुहोस्