Logo

संसदको बैठक मंगलबारसम्मका लागि स्थगित, प्रम निर्वाचनको कार्यतालिका प्रभावित

संसदको बैठक मंगलबारसम्मका लागि स्थगित, प्रम निर्वाचनको कार्यतालिका प्रभावित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । आइतबार प्रधानमन्त्री चुन्ने कार्यसूची रहेको थियो ।

सो दिन अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सभामुख ओनसरी घर्तीले सहमतीका लागि दलहरुलाई थप दुई दिन समय दिएकी हुन् । सोहि कारण बैठक मंगलबारसम्मका लागि स्थगित भएको हो ।

भरतपुर महानगरपालिका– १९ मा पून मतदान गर्ने निर्वाचन आयोगको निर्णयप्रति असहमती जनाउँदै एमालेले संसद अबरोध गर्ने बताएको थियो ।

एमालेको अबरोधपछी प्रधानमन्त्री निर्वाचन कार्यतालिका नै प्रभावित भएको छ । एमालेले संसद अबरोध गर्ने स्पष्ट पारेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक मंगलबार सम्म स्थगित गरिएको छ ।

आइतबार बिहान ११ बजे बस्ने संसदको बैठकमा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL