काठमाडौ । भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्बोच्च अदालतमा रिट दायर भएको छ ।
सो निणर्यको विरुद्ध भरतपुर महानगरपालिका १९ नम्बर वडाका एमालेको तर्फबाट सदस्य पदका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार सर्बोच्चमा रिट दायर गरेका हुन् ।
रिटमा निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदरलाई मानेर मतगणना कार्य सूचारु गर्न/गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।
अदालतले उक्त रिटमाथी सुनुवाईका लागि सोमबारका लागि पेशी तोकेको छ । निर्वाचन आयोगको निर्णय गैर संबैधानिक, गैरकानुनी, स्थापित मूल्य मान्यता विपरित भएको निवेदनमा उल्लेख छ ।