Logo

आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मालाई अनुसन्धानका लागि ७ दिनको समय थप

आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मालाई अनुसन्धानका लागि ७ दिनको समय थप


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई विशेष अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद थपेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि म्याद थप गर्न आइतबार शर्मालाई विशेष अदालतमा पेश गरेको थियो ।

करका विषयमा २/४ वटा त्रुटी भेटिएपछि सो विषयमा थप अनुसन्धानका लागि म्याद थप गरिएको अख्तियारका एक उच्च अधिकारीले बताए । अदातलको म्याद थपसँगै शर्मालाई हिसासतमा राखेर अनुसन्धान गर्न अख्तियारलाई बाटो खुलेको छ ।

यस अघि शर्मालाई अख्तियारले कर फछर्यौट आयोगमार्फत ब्यवसायीलाई अर्बौ रुपैयाँ कर छुट दिएको विषयमा पनि पटक–पटक बयान लिएको थियो । तर, कर पछर्यौट आयोग २०३३ अनुसार सो आयोगबाट भएको निर्णय उपर आयोग वा आयोगका सदस्य विरुद्ध कुनै मुद्धा तथा कानुनी कारबाही गर्न नपाइने उल्लेख छ । साथै सो आयोगमा शर्मा पदेन सदस्य मात्र रहेका कारणले पनि कर पछर्यौटका विषयमा उनीमाथी अनुसन्धान गर्न नमिल्ने एक अधिकारीले बताए ।

विशेष अदालत पुग्दा पनि शर्माले सरकारले गठन गरेको कर फछर्यौट आयोगमा आफुलाई दिइएको म्यान्डेट अनुसार नै काम गरेको बताए । साथै सरकारले विधीसम्मत गठन गरेको आयोगमा बसेर काम गर्ने व्यक्तिमाथी अख्तियारको यो कदमले सरकार र बिधी निर्माण गर्ने संसदको समेत अपमान गरेको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL