Logo

२ बजे शीर्ष नेताको बैठक, देउवा आजै चुनिएलान प्रधानमन्त्री ? यसो भन्छ एमाले

२ बजे शीर्ष नेताको बैठक, देउवा आजै चुनिएलान प्रधानमन्त्री ? यसो भन्छ एमाले


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अबरोधलाई जारी राखेसँगै व्यवस्थापिका संसदको आजको बैंठक सुचना टास गरेर ३ बजेका लागि सारिएको छ । आज नयाँ प्रधानमन्त्री चयनका लागि बोलाइएको सो बैंठक प्रतिपक्षीको विरोध पछि पुनः ३ बजेका लागि सारिएको हो ।

प्रमुख पार्टीका शीर्ष नेताहरुको २ बजे बैंठक बस्ने र सो बैंठकको निर्णय पछि मात्र आज संसद बैंठक चल्ने वा नचल्ने भन्ने विषयमा टुङ्गो लाग्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बिजखबरलाई बताए । ‘हामीले सबैलाई मान्य हुने खालको प्रधानमन्त्री सदनबाटै चयन हुनुपर्छ भन्ने माग राख्दै आएका छौं,’ उनले भने, ‘तर यहाँ सुचना टाँस गरेर प्रधानमन्त्रीको लागि आवेदन खुला तथा नामावली प्रकाशित गर्ने जस्ता काम भइरहेको छ ।’

यसैगरी एमालेले भरतपुर महानगरपालिकामा भइरहेको मेयर पदको मतगणनाको विषयलाई लिएर पनि संसद बैंठक अबरोध गर्दै आएको छ । तर, ढकालले भने भरतपुरको मतगणनाभन्दा पनि संसदको प्रधानमन्त्री चयन प्रक्रियाप्रति नै आफ्नो पार्टीको बिरोध रहेको बताउँछन् । ‘भरतपुर महानगरपालिकको मतगणनाको विषयमा एउटा संबैधानिक निकायले निर्णय गरेको विषय हो,’ उनले भने, ‘त्यसमा छुट्टै कानुनी उपचार खोज्छौं तर प्रधानमन्त्री चयन गर्दा सुचना टास गरेर जुन परिपाटी अपनाइएको त्यसमा हाम्रो पार्टीको बिरोध हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL