Logo

भरतपुरमा पुन: मतदान गर्ने निर्वाचन आयोगको निर्णय

भरतपुरमा पुन: मतदान गर्ने निर्वाचन आयोगको निर्णय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पून: मतदान गरिने भएको छ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले सो निणर्य गरेको आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले बताए ।

मतपत्र च्यातिएको घटनाबारे मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन तथा जिल्ला निर्वाचन कार्यालय चितवन र आयोगबाट खटिएको अनुगमन टोलीको प्रतिवेदनका आधारमा आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले च्यातिएका मतपत्रको संख्या समेत पठाएको थियो ।

भरतपुरमा मतपत्र च्यातिएपछि कांग्रेस र माओवादी केन्द्रले पुन:मतदानको माग गरेका थिए । यता एमाले ले भने मतगणनालाई निरन्तरता दिनुपर्ने माग राखेको थियो । निर्वाचनको मिती भने सम्वन्धित वडाको निर्वाचन अधिकृतले तोक्ने छन।

प्रतिक्रिया दिनुहोस्
MBL