Logo

स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता, केन्द्रलाई प्राविधिक तथा आर्थिक सहयोग गर्ने

स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता, केन्द्रलाई प्राविधिक तथा आर्थिक सहयोग गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यका लागि सम्झौता गरेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र केन्द्रबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतानुसार मन्त्रालयले केन्द्रले आविष्कार गर्ने हरेक प्रविधिलाई आर्थिकलगायत प्रविधि र उपकरणको कार्यान्वयनका लागि सहयोग गर्नेछ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले स्वास्थ्यमा विज्ञानको महत्वपूर्ण स्थान भएकाले नेपालीलाई कस्तो प्रविधि र उपकरण आवश्यकताबारे नेपाली नै बुझेकाले त्यसले स्वास्थ्य सेवामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

साथै केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य मन्त्रालयसँगको सहकार्य बिना कुनै प्रविधि र उपकरणलाई कार्यान्वयनमा लैजान नसकिने बताए ।
साथै आपसी सहकार्यमा नयाँ उपकरण आविष्कार र सेवालाई चुस्त बनाउन सकिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL