Logo

नयाँ प्रधानमन्त्री चयनका लागि मनोनयन दर्ता शुरु, देउवा र गौतम भिड्दै

नयाँ प्रधानमन्त्री चयनका लागि मनोनयन दर्ता शुरु, देउवा र गौतम भिड्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नयाँ सरकार गठनका लागि आज ११ बजेबाट प्रधानमन्त्री पदका लागि उम्मेदवारी शुरु भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार शनिबार ११ बजेबाट अपराह्न ४ बजेसम्म प्रधानमन्त्रीको मनोनयन दर्ताको समय रहने छ ।

तालिका अनुसार प्रधानमन्त्री पदको लागि आइतबार निर्वाचन हुँदैछ । जसमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गर्दै छन् । कांग्रेस र माओवादी केन्द्रको समहति अनुसार बुहमतिय पद्दतीबाट सरकार गठनका लागि देउवाले प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्न लागेका हुन् ।

यसैगरी नेकपा एमालेको तर्फबाट बामदेव गौतमले उम्मेदवारी दिने तयारी गरेका छन् । भोली हुने प्रधानमन्त्री निर्वाचनमा उनले आज आफ्नो मनोनयन दर्ता गराउने एमाले निकट स्रोतले जानकारी दिएको छ ।

उम्मेदवारको नामावली शनिबार साँझ ४ बजेपछि प्रकाशन गर्ने संसद सचिवालयले जानकारी दिएको छ । सहमतीय पद्दतीबाट सरकार गठनको सम्भावना हटेपछि राष्ट्रपति विद्यादेबी भण्डारीले बहुमतीय पद्दतीबाट सरकार गठनको लागि आब्हान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्