Logo

को बन्ला नयाँ सरकारको अर्थमन्त्री ?

को बन्ला नयाँ सरकारको अर्थमन्त्री ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले बहुमतीय पद्धतिबाट सरकार गठनका लागि आब्हान गरेसँगै अब बन्ने सरकारमा अर्थ मन्त्री को बन्ने भन्ने विषयले चर्चा पाएको छ । नेपाल कांग्रेस र माओवादी केन्द्रको समिकरणमा बन्न लागेको सरकारका अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने जिम्मा नेपाली कांग्रेसको भागमा परेको छ । माओवादी केन्द्रले उपप्रधान सहित गृह मन्त्रालय रोजेपछि अर्थको जिम्मा नेपाली कांग्रेसमा भागका पर्न गएको हो ।

नेपाली कांग्रेसमा यतिवेला ३ जना पात्र नयाँ बन्ने सरकारको अर्थ मन्त्रीको रुपमा चर्चामा रहेका छन् । कांग्रेसबाट प्रतिनिधित्व गर्ने अर्थ मन्त्रीको सूचीमा डा. रामशरण महत, महेश आचार्य र ज्ञानेन्द्रबहादुर कार्कीको नाम चर्चामा रहेको छ ।

अब बन्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा हुने र अर्थ मन्त्रालयको भाग रामचन्द्र पौडेल समुहमा पर्ने कांग्रेस भित्रकै एक अधिकारीले बताए । जसले गर्दा भावी सरकारमा पौडेल समुहबाट डा. महतले उपप्रधान सहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उच्च सम्भावना रहेको ती नेताले बताए ।

डा. महत पौडेल समुहबाट प्रतिनिधित्व गर्ने सिनियर नेता भएकाले पनि उनैलाई दिने तयारी गरिएको स्रोतको दाबी छ । भुकम्पको समयमा सफल रुपमा दाता सम्मेलन गरेको तथा विदेशी दातृ निकायले पनि उनलाई बढी विश्वास गर्ने कारण अब बन्ने सरकारको अर्थ मन्त्रीमा डा. महतको विकल्प नरहेको कांग्रेसीहरु बताउछन् । साथै पछिल्लो समय देउवाले पनि विदेशी नियकासँगको बैंठकलगायतका महत्वपूर्ण आर्थिक विषयमा छलफलगर्दा महतलाई नै अघि सार्ने गरेकाले अबको अर्थ मन्त्रालयको जिम्मेवारी उनैले पाउने बढी सम्भावना रहेको सम्बद्ध स्रोतको दाबी छ ।

यसैगरी कांग्रेसभित्र महेश आचार्य पनि अर्थ मन्त्रीका प्रबल दावेदारको रुपमा रहेका छन् । एक पटक अर्थ मन्त्री भइसकेका आचार्य पछिल्लो समय कांग्रेस भित्रै विश्वासिला पात्रको रुपमा रहेका छन् । पछिल्लो समय कांग्रेको नीति निर्माणमा नजिकबाट संलग्न भएर काम गर्दै आएका आचार्यलाई कांग्रेसले भावी अर्थ मन्त्रीको रुपमा अघि सार्ने सम्भावना रहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय अर्थ मन्त्रीको चर्चामा ज्ञानेन्द्रबहादुर कार्कीको नाम पनि चर्चामा रहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नजिकको नाता रहेको कार्की अब बन्ने सरकारमा आफुलाई अर्थ मन्त्रीको रुपमा प्रस्तुत गरिरहेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL