Logo

अख्तियारद्वारा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ, आइतबार अदातलमा पेश

अख्तियारद्वारा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ, आइतबार अदातलमा पेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ । आयागले उनलाई आज (शुक्रबार) दिउसो पक्राउ गरेको हो ।

अख्तियारले उनलाई आज कर सम्बन्धी भ्रष्टाचारको विषयमा अनुसन्धान गर्न  कागजात सहित बोलाएको थियो । उक्त कागजात माथी अनुसन्धानको क्रममा शर्मालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको अन्तियार स्रोतले जानकारी दिएको छ ।

कर पछर्यौटको नाममा विभिन्न फर्मलाई अर्बौं रुपैयाँ छुट दिएको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनलाई आज पक्राउन गरिएको र भोली शनिवार भएको आइतबार उनलाई अदालतमा पेश गरिने अख्तियारले जानकारी दिएको छ । शर्मालाई आइतबार अदालतमा पेश गरी थप समय लिएर अनुसन्धान गरिने भएको छ ।

केही समय अघि प्रकाशित महालेखाको प्रतिवेदनमा पनि कर पछर्यौट आयोगले अर्बौ रुपैया छुट दिएको भन्दै प्रश्न खडा गरेको थियो । साथै शर्माले विभिन्न कम्पनीलाई कर छुट दिएर अबैध रकम आर्जन गरेको उजुरीको आधारमा पक्राउ गरि अनुसन्धान गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL