Logo

वाणिज्य मन्त्री थकाली पत्रकार बन्दै, अनलाइन र साप्ताहिक ल्याउने घोषणा

वाणिज्य मन्त्री थकाली पत्रकार बन्दै, अनलाइन र साप्ताहिक ल्याउने घोषणा


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । वाणिज्य  मन्त्री रोमी गौचन थकालीले पत्रकार बन्ने घोषणा गरेका छन् । बिहीबार पत्रकारहरुलाई आफु मन्त्री भएपछि गरेका प्रगतीका बारेमा जानकारी दिने उद्देश्यसहित आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्ते घोषणा गरेका हुन् ।

आफुलाई पत्रकारिता गर्ने इच्छा पहिलै देखि भएको उनले जानकारी दिए । मन्त्री थकालीले एउटा साप्ताहिक र अनलाइन दर्ताको प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् । ‘मलाई पत्रकारितामा पहिलादेखि नै रुची थियो,’ उनले भने, ‘अब यो आवश्यकता बनेको छ ।’

सो अबसरमा उनले अपबाद बाहेक धेरै मिडियामा सुधारको खाँचो रहेको औल्याए । साथै आफु राम्रो पत्रकारिता गर्ने उद्देश्यसहित अघि बढेको जानकारी दिए । उनले आफुले शुरु गर्न लागेको अनलाइन तथा साप्ताहिकको नाम भने खोल्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्