Logo

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधान अनुसार सहमतीय सरकार गठनका लागि दिइएको एक साताको समयमा दलहरुबीच सहमति कायम नभएको भन्दै बहुमतीय प्रक्रिया अघि बढाउन बावहवान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

विज्ञप्तिमा उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्बाचन सम्पन्न हुन नसकेकोले नेपालको व्यवस्थापिका संसदको तत्काल कायम सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आवह्वान गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL