Logo

संघीय सरकारमा प्रधानमन्त्रीसहित १८ मन्त्रीको प्रस्ताव, हेर्नुहोस कुनकुन मन्त्रालय परे ?

संघीय सरकारमा प्रधानमन्त्रीसहित १८ मन्त्रीको प्रस्ताव, हेर्नुहोस कुनकुन मन्त्रालय परे ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं ।नेपालको संघीय सरकारमा प्रधानमन्त्रीसहित १८ मन्त्री हुने भएका छन्। अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना समितिले बुधवार संसदको राज्यव्यवस्था समितिमा एक प्रतिवेदन पेस गरेको थियो । जसमा १८ मन्त्रालयको प्रस्ताव गरिएको छ ।
सरकारले गत वैशाख २१ गते सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा अधिकार सम्पन्न समिति गठन गरेको थियो । समितिमा एमाले सांसद राजेन्द्र पाण्डे, कांग्रेसकी आरजु देउवा, माओवादीकी रेखा शर्मा, राप्रपाका भुवन पाठक सदस्य थिए ।

राज्यमन्त्रीहरु समेत राखेर बढिमा २५ सदस्यीय मन्त्रिपरिषद गठन हुने संवैधानिक प्राबधान रहेको छ । समितिले अर्थ तथा योजना मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन,कानुन न्याय तथा संसदीय मामिला , उद्योग वाणिज्य तथा आपूर्ति,पर्यटन तथा संस्कृति ,कृषि सहकारी तथा भूमी व्यवस्थापन ,गृह मन्त्रालय,जलस्रोत तथा उर्जा ,परराष्ट्र ,भौतिक पुर्वाधार, यातायात तथा नागरिक उड्डयन ,रक्षा मन्त्रालय प्रस्तव गरेको छ ।त्यस्तै शिक्षा तथा खेलकुद, विज्ञान प्रविधि,महिला समावेशीकरण तथा सामाजिक न्याय ,सूचना तथा सञ्चार ,स्वास्थ्य मन्त्रालय,मानव संशाधन, युवा, श्रम तथा रोजगारर वन तथा वातावरण मन्त्रालय

प्रतिक्रिया दिनुहोस्
MBL