Logo

महिन्द्राको एक्सचेन्ज क्याम्प सञ्चालनमा, ४००प्रतिशतसम्म क्यासव्याक पनि

महिन्द्राको एक्सचेन्ज क्याम्प सञ्चालनमा, ४००प्रतिशतसम्म क्यासव्याक पनि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महिन्द्रा टु–व्हीलर्स लिमिटेडको आधिकारिक वितरक अग्नि मोटो इन्क प्रालिले ‘महिन्द्रा टू व्हीलर’ एक्स्चेन्ज क्याम्प सञ्चालनमा ल्याएको छ । जेठ १६ देखि १८ गतेसम्म टेकु शोरुममा हुने उक्त क्याम्पमा ग्राहकहरुलाई ‘चिन्ताहरुको एक्स्चेन्ज, निश्चिन्ततासँग’ गर्न भनि आव्हान गरिएको छ ।

एक्स्चेन्ज क्याम्पमा ग्राहकहरुका लागि कुनै पनि पुरानो बाइक वा स्कुटर ल्याई सबैभन्दा उत्कृष्ट मूल्यांकनका साथ नयाँ महिन्द्रा टू व्हीलर एक्स्चेन्ज गर्ने अवसर रहेको छ । साथै, एक्स्चेन्ज गरी ग्राहकहरुले “४०० प्रतिशत बोनस क्यासब्याक” नामक अफरको पनि लाभ उठाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

जस अन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताहरुका लागि ४०० प्रतिशतसम्म क्यासब्याक बोनस पाउने अवसर पनि रहेको छ । हरेक खरिदमा पाइने स्क्रयाच कार्डमा पहिलो स्क्रयाचमा  ग्राहकहरुले रु. १ लाखसम्म पक्का जित्ने र दोश्रो स्क्रयाचमा उक्त रकमको ४०० प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर रहेको छ । यस एक्स्चेन्ज क्याम्पले ग्राहकहरुकालागि महिन्द्रा टू व्हीलर खरिद गर्न थप उत्साह प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्