Logo

नेउवा महासंघ प्रदेश नम्बर ५को अध्यक्षमा तिवारी, १३ सदस्यीय कार्यसमिति चयन

नेउवा महासंघ प्रदेश नम्बर ५को अध्यक्षमा तिवारी, १३ सदस्यीय कार्यसमिति चयन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर ५ को अध्यक्षमा गुणनिधी तिवारी बिजयी भएका छन् । महासंघको शंसोधित बिधान अनुसार प्रदेश नम्बर ५ को हिजो भएको निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी भैरहवा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुनवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तिवारी महासंघमा ४ पटक कार्यसमिति सदस्य भैसकेका छन् । प्रदेशको सबै पदमा निर्बिरोध चयन भए पनि अध्यक्ष र एशोसिएट्स उपाध्यक्षका लागि भने निर्वाचन भएको थियो । एशोसिएट्स उपाध्यक्षमा दिपक पौडेल निर्वाचित भएका छन् ।

कुल १३ सदस्य कार्यसमिति रहेको प्रदेशमा अध्यक्ष गुणनिधी तिवारी, जिल्ला नगर उपाध्यक्षमा हेमराज बञ्जाडे, एसोसिएट उपाध्यक्षमा दिपक पौडेल र कोषध्यक्षमा मोहन श्रेष्ठ विजयी भएका छन् ।

सदस्यहरुमा जिल्ला नगर सदस्यतर्फबाट नन्दलाल बैस्य, नरेन्द्र शर्मा, दुर्गा पाण्डे, ज्ञानुराम न्यौपाने र उज्वल कसजु छानिएका छन् ।

एसोसिएट तर्फको सदस्यमा कृष्ण श्रेष्ठ र स्याम सुन्दर अग्रवाल निर्वाचित भएका छन् । मनोनित सदस्यमा भने यज्ञप्रसाद भट्टराई आएका छन् । एकजना महिला सदस्य भने मनोनित हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL