Logo

सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण, साउन १ देखि लागु

सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण, साउन १ देखि लागु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आगामी आर्थिक बर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण लागु गरिने भएको छ । सरकारले नयाँ आर्थिक वर्षदेखि योगदानमा आधारित निवृत्तिभरण लागू गर्न लागेको हो ।

सोमबार आगामी बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री कृष्णबहादर महराले सो जानकारी दिएका हुन् । नयाँ बजेट अनुसार साउन १ गतेदेखि नियुक्त हुने शिक्षक, सेना, प्रहरीलगायत सबै सरकारी कर्मचारीमा लागू हुनेछ ।

यसअघि नियुक्त भएका निजामति कर्मचारीका हकमा भने यो लागु हुने छैन ।

प्रतिक्रिया दिनुहोस्