बिजखबर संवाददाता
१२ माघ,काठमाडौं । सोमवार नेप्से परिसुचक ० दशमलव ४२ विन्दुले ओरालो लागेको छ । बजार खुलेको केहीबेर उकालो लागेको नेप्से ९ सय ६८ दशमलव ६३ मा झरेर बजार बन्द भएको छ । आइतवार नेप्से १० अंकले बढेको थियो । सोमवार होटल समूहको परिसुचक २२ दशमलव ३५ अंकले घटेको छ । त्यस्तै बीमाको ६ दशमलव १७ र अन्य समुहको १९ दशमलव ९७ अंकले घटेको छ ।
बैंक, फाइनान्स तथा उत्पादनमुलक समूहको परिसुचक भने बढेको छ । बैंकको परिसुचक २ दशमलव ५२ अंकले बढेको छ । त्यसैगरी जलविद्युतको ० दशमलव ३२, फाइनान्स समूहको ३ दशमलव ९६ र विकाश बैंकको ४ दशमलव ९७ अंकले बढेको छ ।
सोमवार नेप्सेमा ९८ करोड ४४ लाख रुपैयाँको कारोवार भएको छ । कुल १ सय ५३ कम्पनीको २४ लाख ४२ हजार कित्ता शेयर किनवेच भयो । नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर सर्वाधिक किनबेच भएको छ । इन्भेष्टमेन्ट बैंकको ६५ करोड ५४ लाख बराबरको शेयर खरिदविक्री भएको हो ।