काठमाडौं । सरकारले सहमति अनुरुप प्रधानन्यायाधीश सुशीला कार्की माथी लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता नलिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट ल्याउन सहमति दिएको छैन । यदि सहमति विपरित बजेट ल्याउन खोजे त्यसको विरोधन गर्ने एमालेका एक नेताले जानकारी दिए ।
सहमति अनुरुप बजेटभन्दा पहिला कार्कीमाथी लगाइएको महाअभियोग प्रस्ताव फिर्ताको ग्यारेन्टी गरिनुपर्ने भन्दै एमालेले अडान लिएपछि बजेट ल्याउन ढिलाई भएको हो । एमालेले महाअभियोग फिर्ताका ग्यारेन्टी गरेपछि मात्र बजेट ल्याउन दिने अडान राखेको छ ।
यदि बेला संसद भवन बानेश्वरमा प्रमुख दलका मुख्य नेताहरु नआइपुगेको र बजेट भाषणमा अझै ढिलाई हुने त्यहा स्थित बिजखबर संवाददाताले जानकारी दिएका छन् ।