Logo

सरकार र प्रतिपक्षको सहमति, पुरानै तहमा निर्वाचन, कार्कीको महाअभियोग फिर्ता

सरकार र प्रतिपक्षको सहमति, पुरानै तहमा निर्वाचन, कार्कीको महाअभियोग फिर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सत्तापक्ष र प्रमुख प्रतिपक्षदल नेकपा एमालेबीच भएको छलफलले पुरानै स्थानीय तह अनुसार निर्वाचन गराउने विषयमा सहमति जनाएका छन् । सत्तापक्ष दल नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षदल एमालेबीच भएको छलफलले उक्त सहमति गरेका हुन् ।

सहमति अनुसार प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग फिर्ता लिने भएको छ । उक्त समहमतिसँगै संसद अबरोध समेत खुल्ने भएको छ । सरकारले महाभियोग र स्थानीय तह वृद्धिको विषयमा एमालेले भने अनुरुप सहमति गरेपछि एमाले पनि संसद खुलाउन सहमत भएको हो ।

छलफलमा पहिलो चरणको स्थानीय चुनावका क्रममा दोलखा, धादिङ, हुम्लालगायतका जिल्लामा राज्य पक्षबाट भएको ज्यादति र धाँधलीका घटना छानविन गर्न संसदीय छानविन समिति गठन गर्ने सहमति समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL