Logo

पर्यटन प्रवद्र्धन गर्न नाट्टा र चीन पर्यटन च्याम्बरबीच सहकार्यको सम्झौता

पर्यटन प्रवद्र्धन गर्न नाट्टा र चीन पर्यटन च्याम्बरबीच सहकार्यको सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र चीन पर्यटन च्याम्बरले पर्यटन प्रवद्र्धनका लागि पारस्परिक मित्रता,समझदारी तथा सहयोगमा सहकार्य गर्ने भएका छ ।

नेपाल उद्योग बाणिज्य महासंघको तत्वावधानमा काठमाण्डौंमा विहिबार आयोजित नेपाल– चीन गैर–सरकारी सहयोग मंचको चौधौं बैठकमा दुई संस्थाबीच सो सम्बन्धी सम्झौता भएको हो । चिनियां प्रमण्डलका नेता चीन पर्यटन च्याम्बरका उपाध्यक्ष हाउ सूक्वान र प्रमण्डलका अन्य चिनियां पर्यटन उद्यमी सदस्यहरुसंग दुवै देशको पर्यटन प्रवद्र्धनबारे छलफल गरेका थिए ।

साथै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा एंव चिनियां टोलि प्रमुख अखिल चीन उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सी जिन्ग्रोङ को उपस्थितिमा नाट्टाका तर्पmबाट अध्यक्ष मधुसूदन आचार्य तथा चीन पर्यटन च्याम्बरका उपाध्यक्ष हाउ सूक्वानले पारस्परिक मित्रता, समझदारी र सहयोगका निम्तिसम्झौता पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा दुवै पक्षबाट पर्यटन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत भएका कार्यपत्र एंव छलफलले नेपालको मित्रराष्ट्र चीनसंग हुने भावी पर्यटन कार्यक्रम, लगानी तथा अन्य व्यापार प्रवद्र्धनको बाटो प्रसस्त गरेको दुवै देशका प्रतिनिधि सहभागीहरुले महसूस गरेका छन् ।

नाट्टाको नेतृत्वमा यही आगामी जून ७ तारेख देखि १७ तारेख सम्म नेपाल पर्यटन बोर्ड तथा बेजिङस्थित नेपाली राजदूतावासको सहयोगमा चीनको चेङदु, ग्वाङजाओ, ह्वाङजाओमा तथा बेजिङमा आयोजना गर्ने चाईना सेल्स मिशनलाई सफलतापूर्वक सम्पन्न गर्न चीन पर्यटन च्याम्बरले पनि महत्वपूर्ण सहयोग पुर्याउने आश्वासन प्राप्त भएको छ ।

नेपाल–चीन गैर–सरकारी सहयोग मंचको एकदिवसिय बैठकमा नाट्टाका अध्यक्ष लगाएत कार्यकारी सदस्य वरुण मेहता, शितल कुमारी पौडेल, पूmरी ग्याल्जेन शेर्पा एंव प्रमुख कार्यकारी प्रा.डा. हरि शर्मा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL