काठमाडौ । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् । जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई पछि पार्दै विजयी भएका हुन् ।
कांग्रेसका उम्मेदवार कुँवरलाई जिसी भन्दा झण्डै १४ हजार मतान्तरले पछि परेका हुन् । जिसीले ६० हजार ४२३ मत पाए । कुँवरले ४६ हजार ४७३ मत पाए । कुँवरलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको थियो ।
त्यस्तै उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । उनले कांग्रेस उम्मेदवार सरस्वती गुरूङलाई झण्डै १४ हजार मतान्तरले पछि पारेकी हुन् । मञ्जुले ५६ हजार ४४८ र सरस्वतीले ४४ हजार ३३८ मत पाएकी छन् ।