Logo

अब बन्ने सरकारमा राजपाको सहभागिता नहुने, सत्ता छाडेर आन्दोलनमा

अब बन्ने सरकारमा राजपाको सहभागिता नहुने, सत्ता छाडेर आन्दोलनमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अब बन्ने सरकारमा राष्ट्रिय जनता पार्टी सहभागी नहुने भएको छ । राजपाको बिहीबार बसेको अध्यक्ष मण्डलको बैंकले अब बन्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको हो ।

राजपाले सरकारमा सहभागी हुन छाडेर मधेसको मागलाई सम्बोधन गराउन आन्दोलन अघि बढने निर्णय गरेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा समेत टुङ्गो नलागेको जानकारी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार राजीनामा दिइसकेका छन् । उनको राजीनामासँगे देउवाको नेतृत्वमा सरकार गठन गर्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL