Logo

चुनावको वातावरण बनाउन आग्रह, आयोगले भन्यो पुरानै स्थानीय तहमा मात्र निर्वाचन गराउन सकिन्छ

चुनावको वातावरण बनाउन आग्रह, आयोगले भन्यो पुरानै स्थानीय तहमा मात्र निर्वाचन गराउन सकिन्छ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमा चुनाव गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । आयोगले बिहीबार विज्ञप्ति निकाल्दै ४६१स्थानमा चुनाव गर्ने वातावरण बनाउन आग्रह गरेको हो ।

सरकारले हालै मात्र १२ जिल्लामा २२ स्थानीय तह थप गर्नुका साथै दुई उमहानगरपालिका वीरगञ्ज र बिराटनगरलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।

साथै सोहि अनुसार चुनावको व्यवस्था गर्न सरकारले आयोगलाई पत्राचार गरेको छ । बिहीबार बसेको निर्वाचन आयोगको बैठकले यसअघि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार ४६१ स्थानीय तहमा चुनाव गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगले परिर्वतन भएका गाउँपालिका तथा नगरपालिकाको वडा संख्या लगायतका विस्तृत विवरण अझैसम्म नपाएको भन्दै प्राप्त भएपछि त्यस अनुसार मतदानता नामावली र स्थानीय तहको केन्द्रमा पुर्‍याउन सम्भव नभएको बताएको छ ।

‘मतदाताको परिर्वतित ठेगाना अनुरुप मतदाता परिचय पत्र छपाई गरी जेठ २७ गतेसम्म सम्वन्धित मतदान केन्द्रमा पुग्ने गरी व्यवस्थापन गर्न नसकिने जानकारी गराइन्छ’ आयोगले बिहीबार विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL