Logo

अमेरिकामा पत्रकार श्रेष्ठ सम्मानित, ‘दुई वर्षको मेहनत र अध्ययन पुरस्कृत’

अमेरिकामा पत्रकार श्रेष्ठ सम्मानित, ‘दुई वर्षको मेहनत र अध्ययन पुरस्कृत’


बिजखबर संवाददाता
324
Shares

काठमाडौ। अमेरिकामा अध्ययन गर्दै आएका पत्रकार नारायण श्रेष्ठलाई त्यहाँको एक विश्वबिद्यालयले सम्मान गरेको छ । श्रेष्ठलाई मेरिल्याण्डको यूनिभर्सिटी अफ बाल्टिमोरले सम्मान गरेको हो। उनले सो विश्वबिद्यालयबाट भर्खरै ‘ग्लोवल अफेयर्स’ विषयमा स्नातकोत्तर सकेका छन् । उनी जोहानेस एम बोट्स क्याप्सटन अवार्ड २०१७ बाट सम्मानित भएक हुन् ।

विद्यार्थी र प्राध्यापकहरुको उपस्थितिमा श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । सम्मान ग्रहण समारोहमा श्रेष्ठले आफ्नो दुई वर्ष लामो मेहनत र अध्ययन पुरस्कृत भएको बताए ।

स्नातकोत्तर अध्ययनका क्रममा उनले संसारका विभिन्न देशमा भएका द्वन्दका घटनामा जलवायु परिवर्तनको प्रभाव कस्तो पर्छ भनेर खोज अनुशन्धान गरेका थिए । सुडानको डार्फर क्षेत्रलाई उनले ‘केस स्टडी’ का रुपमा लिएका थिए ।

उक्त अनुशन्धानलाई उत्कृष्ठ अनुशन्धान ठहर्दै विश्वविद्यालयले उनलाई सम्मानित गरेको हो । विश्वाविद्यालयले यसै वर्षदेखि विद्यार्थीहरुको उत्कृष्ट अनुसन्धानलाई सम्मानित गर्ने परम्परा सुरु गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL