काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा संवोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
दाहालले राजीनामाको घोषणासँगै राष्ट्रपति विद्यादेबी भण्डारी समक्ष राजीनामा पत्र बुझाउन सिंहरबारबाट सिधै सितल निवास गएका छन् । विपक्षी दलले तत्काल राजीनामा नदिई दोस्रो चरणको चुनाव पनि गराउन आग्रह गरेपनि राजनीतिको इमान्दारिता पालना गर्दै राजीनामा दिएको उनले बताए ।
आफ्नो कार्यकाल एकदमै सुखद रहेको बताउँदै सो अवधिमा देशमा लोडसेडिङ अन्त्य हुनुका साथै देशले आर्थिक बृद्धिमा समेत फड्को मारेको बताए ।
प्रधानमन्त्री दाहालले राजीनामा पत्र बुझाएसँगै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको लागि आब्हान गर्ने छिन् ।