Logo

जाँदाजाँदै दाहाल सरकारको तीन निर्णय, अन्तत बुढी गण्डकीको जिम्मा चीनको गेजुवालाई

जाँदाजाँदै दाहाल सरकारको तीन निर्णय, अन्तत बुढी गण्डकीको जिम्मा चीनको गेजुवालाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले प्रस्तावित जलाशयुक्त बूढीगण्डकी विद्युत् आयोजना निर्माणको जिम्मा चीन सरकार स्वामित्वमा रहेको निर्माण कम्पनीलाई दिने सहमति गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले चाइना गेजुवा वाटर एन्ड पावर ग्रूप कम्पनी लिमिटेड (सीजीजीसी) लाई सो आयोजनाको विस्तृत डिजाइन, निर्माण र लगानीसमेत गर्ने (इपीसीएफ) खाकामा बनाउने सैद्धान्तिक सहमति दिएको हो ।

चालू आर्थिक वर्षको बजेटबाट उक्त आयोजना आफैले बनाउने उल्लेख गरेपनि ईपीसीएफ खाकामा बनाउन गेजुवालाई दिने विषयमा सैद्धान्तिक सहमति दिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए । साथै सो विषयमा सम्झौता गर्न अर्थमन्त्राललाई अनुमति दिएको समेत जानकारी दिए ।

आज बसेको बैंठकले राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ भने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL