Logo

काठमाडौंको मेयरमा एमालेको १० हजारको अग्रता, भरतपुर र पोखरामा पनि फराकिलो अन्तर

काठमाडौंको मेयरमा एमालेको १० हजारको अग्रता, भरतपुर र पोखरामा पनि फराकिलो अन्तर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय निकायको पहिलो चरणको निर्वाचनको मतगणना भइरहदा नेकपा एमालेले तीन महानगरपालिकामा फराकिलो अन्तरले अगाडी रहेको छ ।
काठमाडौं महानगरपालिकका एमालेकोतर्फबाट मेयरका उम्मेदवार बनेका विद्याशुन्दर शाक्य आफ्नो निकटम प्रतिस्र्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा झण्डै १० हजार मतले अघि रहेका छन् । शुरु देखिनै अग्रता कायम गरेका शाक्यले पछिल्लो समय फराकिलो अन्तर बनाएका छन् । पछिल्लो नजिता अनुसार शाक्यले ३७ हजार २ सय मत प्राप्त गर्दा कांग्रेसका जोशीले २७ हजार ५ सय मत मात्र प्राप्त गरेका छन् ।

यसैगरी निकै चर्चामा रहेको भरतपुर महानगरपालिकामा पनि एमालेकातर्फबाट मेयरका उम्मेदवार देबी ज्ञवालीले फराकिलो अन्तर बनाएका छन् । उनले नेपाली कांग्रेस र माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार बनेकी रेणु दाहाललाई झण्डै ४ हजार मतले पछि पारेका छन् । पछिल्लो समय पोखरामा पनि एमाले फराकिलो मातान्तरले अगाडी रहेको छ । एमालेका तर्फबाट मेयर उम्मेदवार मानबहादुर जिसीले ३१ हजार ३ सय ६०मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका २६ हजार १ सय ६३ मत प्राप्त गरेका छन् ।

ललितपुर जिल्लामा झण्डै २ हजार मतले पछाडी रहेको एमाले पछिल्लो समय प्रतिस्र्धीको हाराहारीमा आइपुगेको छ । पछिल्लो परिणाम अनुसार एमाले आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसभन्दा झिनो मतले मात्र पछाडी रहेको छ । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार चिरीबाबु महर्जनले २३ हजार ५ सय ३९ मत प्राप्त गर्दा एमालेकोतर्फबाट मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले २३ हजार ३ सय ६० मत प्राप्त गरेका छन् ।

स्थानीय निकायको पहिलो चरणको कुल २ सय ८४ स्थानमध्ये ८ स्थानको मात्र मत गणना बाँकी रहेको छ । जसमध्ये एमालेले ५ स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेस ३ र माओवादी केन्द्रको एक स्थानमा अग्रता छ ।

प्रतिक्रिया दिनुहोस्
MBL