Logo

२५९ स्थानको मत परिणाम सार्वजनिक, एमालेले १०७ स्थानमा जित्दा कांग्रेस ९९

२५९ स्थानको मत परिणाम सार्वजनिक, एमालेले १०७ स्थानमा जित्दा कांग्रेस ९९


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय निकाय निर्वाचनको हालसम्म २ सय ५८ स्थानको नतिजा सार्वजनिक भएको छ । स्थानीय निकायको पहिलो चरणको निर्वाचनमा अहिलेसम्म नेकपा एमालेले नै अग्रता कायम राखेको छ ।

कुल २ सय ५८ स्थानको नतिजा सार्बजनिक हुँदा एमालेले १ सय ७ स्थानमा जीत हासिल गरेको छ । शुरु देखि नै एमालेलाई पच्छ्याइरेको नेपाली कांग्रेले ९९ स्थामा जीत हासिल गर्दा माओवादी केन्द्रले भने ४६ स्थानमा जीत हासिल गरेको छ । तर, संविधान सभामा चौथो ठूलो दल बन्न सफल राष्ट्रिय प्रजातन्त्र पार्टीले भने १ स्थानमा मात्र जीत हासिल गरेको छ । कुल २ सय ८४ स्थानमा भएको निर्वाचनमा अब २५ स्थानको जनिता मात्र सार्वजनिक हुन बाँकी रहेको छ ।

हालसम्म गाउँपालिको मतगणना लगभग सकिएको छ भने महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको मत गणना भइरहेको छ । जसमा चारबटै महानगरपालिकको मतगणना भइरहेको छ भने हेटौडा उपमहानगरपालिकामा पनि गणना जरी रहेको छ । ललितपुर महानगरपालिका बाहेक अन्य महानगरपालिक र उपमहानगरपालिकामा एमालेको अग्रता रहेको छ । त्यस्तै नगरपालिकाहरुमा पनि बढी स्थानमा एमालेको अग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL