Logo

दोश्रो चरणको निर्वाचनका लागि नयाँ अधिकृत नियुक्त, पाँच जनाको स्थान संशोधन

दोश्रो चरणको निर्वाचनका लागि नयाँ अधिकृत नियुक्त, पाँच जनाको स्थान संशोधन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्बाचन आयोगले आगामी दोश्रो चरणको निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले जेठ ३१ गते हुने चुनावका लागि नयाँ अधिकृत नियुक्त गरेको हो । साथै त्यस्तै हाल खटाइएका ३७ जनाको नाम भने हटाएको छ ।

बैशाख १२ गतेदेखि नियुक्ती स्थगन गरिएका निर्वाचन अधिकृतको स्थान परिवर्तन गरी नियुक्ती संशोधन गरिएको र केहीलाई निर्वाचन अधिकृतबाट हटाई रिक्त हुन आएको स्थानमा जेठ ६ गतेदेखि लागु हुने गरी नयाँ नियुक्ती गरिएको छ ।

आयोगले ५ जनालाई नयाँ स्थानमा स्थानान्तरण गरेको छ । त्यस्तै हटाइएका निर्वाचन अधिकृतको स्थानमा आयोगले ३७ जना नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्