बिजखबर संवाददाता
११ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामा आइतवार भारतको नयाँ दिल्ली आइपुगेका छन् ।
३ दिने भ्रमणमा आएका ओबामा शनिवार साँझ वासिंगटनको एन्ड्रिउड विमानस्थलबाट विमानमा उडेका थिए । विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओबामा र उनकी पत्नी मिचेल ओबामाको स्वागत गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
सोमवार हुने भारतको गणतन्त्र दिवस समारोहमा उपस्थित हुन उनी दिल्ली आएका हुन् । ओबामा आएपछि देशभर सुरक्षा स्थिती कडा बनाइएको बताइएको छ । त्यस्तै ओबामा सहभागी हुने गणतन्त्र समारोहस्थल नयाँ दिल्लीलाई उडान निषेधित क्षेत्र घोषणा गरिएको छ ।