काठमाडौं । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्वर ८ को अध्यक्षमा रामप्रसाद रेग्मी विजयी भएका छन् । उनी माओबादी केन्द्रका तर्फबाट अध्यक्षमा विजय भएका हुन् ।
त्यस्तै गण्डकी गाउँपालिकाकै वडा नम्वर ७ मा प्यानलसहित माओबादी केन्द्रका तुलसी रेग्मी निर्वाचित भएका छन् । यता गण्डकी गाउँपालिकाको अध्यक्षमा भने नेपाली कांग्रेसका होमबहादुर राना विजय भएका छन् ।
उनी माओवादी केन्द्रका उम्मेदवार दिपक तिमल्सिनालाई पछि पार्दै विजय भएका हुन् ।