Logo

एमालेले ४२ स्थानमा जित्दा कांग्रेस ३५, माओवादी २०, गणनामा पनि एमाले नै अगाडी

एमालेले ४२ स्थानमा जित्दा कांग्रेस ३५, माओवादी २०, गणनामा पनि एमाले नै अगाडी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो मत परिणाम आइरहँदा हालसम्म अग्रस्थानमा नेकपा एमाले नै रहेको छ । विभिन्न तीन प्रदेशमा भएको निर्वाचनमा एमालेले ४२ स्थानमा जीत हासिल गरेको छ । यसैगरी मत गणना भइरहेको स्थानमा पनि एमाले नै अगाडी रहेको छ । अहिलेसम्म ६७ स्थानमा अगाडी रहेको छ ।

यसैगरी, दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । पछिल्लो नतिजा अनुसार ३५ स्थानमा कांग्रेसले जितेको छ भने ५६ स्थानमा अग्रपंतीमा रहेको छ ।
हालसम्मको नतिजा अनुसार माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । हालसम्म माओवादी केन्द्रले २० स्थनमा जीत हासिल गरेको छ भने २२ स्थानमा अग्रपंतीमा रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी शुन्य नै रहेको छ । उसले हालसम्म जीतको खाता खोल्न सकेको छैन भने कुनै पनि स्थानमा अग्रता समेत लिएको छैन । तर स्वतन्त्रलगायत अन्य उम्मेदवारले भने ३ स्थनमा जीत हासिल गरेका छन् भने ६ स्थानमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL