Logo

स्थानीय निर्वाचन परिणाम, एमालेको अग्रता कायमै, कसले कति स्थानमा जिते ?

स्थानीय निर्वाचन परिणाम, एमालेको अग्रता कायमै, कसले कति स्थानमा जिते ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भइरहदा नेकपा एमालेले आफ्नो अग्रतालाई निरन्तरता दिएको छ । पछिल्लो पटक सार्वजनिक नतिजा अनुसार एमालेले ३० स्थानमा जीत हासिल गर्दै अग्र पंतिमा रहेको छ ।

यसैगरी एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हासम्म २६ स्थानीय तहमा जीत हासिल गरेको छ भने तेस्रो स्थानमा रहँदै माओवादी केन्द्रले १८ स्थानमा आफ्नो कब्जामा राखेको छ ।

हाल मतगणना भइरहेको स्थानमा पनि एमालेले नै अग्रता लिएको छ । हालसम्म एमालेले ८५ स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेस ७३ स्थानमा अग्रस्थानमा रहेको छ । यसैगरी माओवादी केन्द्र २५ स्थानमा मात्र अग्र स्थानमा रहेको छ । अन्या पार्टीहरु ४ स्थानमा अग्र स्थानमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL