Logo

एक मत बदर हुँदा सरकारको २१ सय रुपैयाँ खेर

एक मत बदर हुँदा सरकारको २१ सय रुपैयाँ खेर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना जारी रहँदा बदर मतको प्रसङ््गले पनि चर्चा पाएको छ । प्रदेश तीन, चार र छ मा भइरहेको निर्वाचनको मतगणनाम देशकै राजधानी काठमाडौंमा तुलनात्मक रुपमा बढी मत बदर भएको कुरा समेत बाहिर आएको छ । धेरै उम्मेदवार र राजनीतिक दलबीचको तालमेलले अलमलमा परेका कारण पनि मतदाताको मत बदर देखिएको हो । जारी मतगणना अनुसार बदर मत थप बढ्दै जाने अवस्था छ ।

यसरी आफ्नो प्रतिनिधि छनोटका लागि गरिएको एउटा मत बदर हुँदा सरकारको भने व्यापक लगानी खेर गइरहेको छ । निर्वाचनका लागि विनियोजित बजेट र मतदाता सङ्ख्याको अनुपातका आधारमा हिसाब गर्दा प्रति मतदाता लगानी २ हजार १ सय ३४ रुपैयाँ ५५ पैसा लगानी भएको छ सरकारको । यस हिसाबले पनि एउटा मत बदर हुँदा सो रकम बराबरको सरकारको लगानी खेर जान्छ ।

निर्वाचनका लागि सरकारले व्यवस्थापन सहित सम्पूर्ण कामका लागि २० अर्ब रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्य १० अर्ब रुपैयाँ निकासा भइसकेको छ । त्यस्तै सुरक्षा प्रबन्धका लागि भनेर गृह मन्त्रालयलाई १० अर्ब विनियोजन गरेको छ । यो सबै हिसाब गर्दा निर्वाचनका लागि सरकारले ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ८ सय ८२ जना मतदाता रहेका छन् । निर्वाचनका लागि सरकारले विनियोजन गरेको रकम र कुल मतदाता सङ्ख्याको अनुपातमा एउटा मत बदर हुँदा २१ सय रुपैयाँभन्दा बढी खेर जाने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL