काठमाडौं । नुवाकोटको अहिलेसम्मको मत परिणा सार्वजनिक हुदा अग्रस्थानमा नेकपा एमाले रहेको छ । नुवाकोटको राती १ बजेदेखि मतगणना शुरु भएकोमा हालसम्म ६ सय ७३ मतको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
जसमा एमालेको तर्फबाट एमाले उम्मेदवार सञ्जु पण्डिले सबैभन्दा बढी ३ सय ५७ मत प्राप्त गरेका छन् । यसैगरी उनलाई पच्छ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार धुब्र अधिकारीले २ सय २३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहँदै माओदावीका केन्द्रका उम्मेदवार लिलानाथ न्यौपानेले भने जम्मा ५६ मत प्राप्त गरेका छन् ।