Logo

प्रधानमन्त्रीको भोट कसलाई ?, अन्य नेताले पनि गरे मतदान

प्रधानमन्त्रीको भोट कसलाई ?, अन्य नेताले पनि गरे मतदान


बिजखबर संवाददाता
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निकायको पहिलो चरणको निर्वाचनमा मतदान गरेका छन् । चितवनको सङ्कुस्थित लक्ष्मी माविमा रहेको मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेका हुन् । प्रधानमन्त्री पुत्री रेणु दाहाल भरतपुर महानगरको प्रमुखको उम्मेदवार रहेकी छन् । काङ्गे्रस र माओवादी तालमेल रहेको सो क्षेत्रको मतदानको नतिजालाई धेरैले चासोको रुपमा लिएका छन् ।

प्रधानमन्त्रीसहित अन्य दलका प्रमुख नेताले पनि मतदान गरिसकेका छन् । काङगे्रस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट, राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले मकवानपुरबाट, नेपाल मजदुर किसान पार्टिका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरबाट मतदान गरिसकेका छन् ।

त्यस्तै काठमाडौंका मेयरमा काङगे्रस तर्फका उम्मेदवार राजुराज जोशी, एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य, साझा पार्टिका उम्मेदवार किशोर थापा र विवेकशील नेपालका उम्मेदवार रञ्जु दर्शनाले पनि मतदान गरिसकेका छन् ।

तस्वीर : प्रधानमन्त्री पुत्र प्रकास दाहालको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्