काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भइसकेको छ । आज बेलुका ५ बजेसम्म जारी रहने निर्वाचनले स्थानीय तह सञ्चालनका लागि नयाँ नेतृत्व चयन गर्नेछ । तर नेतृत्व चयन गर्ने क्रममा बराबर मत प्राप्त भयो भने के गर्ने ?
निर्वाचन आयोगले मतगणनाको क्रममा बराबर मत खसेको अवस्थामा पुनः निर्वाचन नहुने स्पष्ट पारेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद आयदवले यस्तो कुरा व्यक्त गर्नुभएको हो । उहाँका अनुसार समान मत आएको अवस्थामा निर्वाचन अधिकृतको निर्णय अनुसार पुनः मतगणना भने हुन सक्छ ।