Logo

सरकार र नेपाल आँखा कार्यक्रमबीच समझदारी, वार्षिक १५ लाख ‘आइलेन्स’ उत्पादन गर्ने

सरकार र नेपाल आँखा कार्यक्रमबीच समझदारी, वार्षिक १५ लाख ‘आइलेन्स’ उत्पादन गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइलेसन्सको उत्पादन बृद्धि गर्न उद्योग मन्त्रालयले सहयोग गर्ने भएको छ । आइलेन्स उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न उद्योग मन्त्रालयले उक्त सहयोग गर्ने भएको छ ।

सो कार्यका लागि नेपाल आँखा कार्यक्रम र उद्योग मन्त्रालयबीच एक सझदारी पत्रमा हस्ताक्षर भएको छ । जस अनुसार मन्त्रालयले आँखा कार्यक्रमको क्षमता अभिबृद्धि गर्न सहयोग गर्नेछ ।

नेपाल आँखा कार्यक्रमले अहिले वार्षिक ५ लाख थान आँखामा लगाउने लेन्स (आइलेन्स) उत्पादन गर्दै आएको छ । मन्त्रालयको सहयोसँगै वार्षिक १५ लाख आइलेन्स उत्पादन गर्ने लक्ष्य लिएको छ ।  सो कार्यक्रममा नविनतम प्रविधिको प्रयोग गरी स्वदेश तथा विदेशमा आपुर्ति गरिरहेका अवस्थामा आगामी दिनमा अझै निर्यात प्रवद्र्धन गर्न सहयोग गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL