Logo

व्यवसायीलाई कुलमानको आग्रह, १ सय ५० मा बल्ब दिनुस म बेचिदिन्छु’

व्यवसायीलाई कुलमानको आग्रह, १ सय ५० मा बल्ब दिनुस म बेचिदिन्छु’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली व्यापारीहरुले नेपाल विद्युत प्राधिकरणले दिने मूल्यभन्दा १० रुपैयाँ महङ्गोमा लिड बल्ब उपलब्ध गराएमा आफुले बेचिदिने प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले बताए । ‘अहिले प्रािधकले फिलिप्स ओस्राम ब्राण्डका लिड बल्बहरु ३ वर्षको रिप्लेसमेन्ट वारेन्ट सहित १ सय ४० रुपैयाँमा बेच्ने प्रसताव सारेको छ,’ उनले भने, ‘यदि व्यवसायीहरुले सोही बल्ब १ सय ५० रुपैयाँमा दिन्छन् भने प्राधिकरणको संयन्त्र प्रयोग गरेर बेचिदिन्छु ।’

उनका अनुसार प्राधिकरणले १ सय ४ रुपैयाँमा भ्याट, भन्सार र करिव १० प्रतिशत ह्याण्डलिङ चार्ज जोडेर १ सय ३५ रुपैयाँदेखि १ सय ४० रुपैयाँ सम्ममा ग्राहकहरुलाई वेच्ने प्रस्ताव गरेको छ । तर व्यापारीले फिलिप्स वा ओस्राम वा सो सरहका ब्राण्डेट लिड बल्ब १ सय ५० रुपैयामा ग्राहकलाई दिन्छ भने नेपाल विद्युतप्राधिकरण आफ्नो करिव २ सय वटा आय काउन्टरमा बुथ राखेर बेच्न आब्हान गर्नेछ । साथै सोको लागि आबश्यक लजिस्टिक सपोर्ट समेत प्राधिकरण नै गरिदिने उनको उद्घोष थियो ।

अहिले प्रधिकरणले पहिलो चरणमा मात्रै अभियान चलाउने भएकाले यसले आगामी दिनमा लिड बल्बको प्रयोगलाई प्रोत्साहन गर्ने हुदा यसको प्रत्यक्ष फाइदा अन्तत व्यापारीलाई नै हुने उनको तर्क छ । उपभोक्तालाई सस्तोमा लिड बल्ब उपलब्ध गराउने, थोरै संख्यामा होइन, अभियानकै रुपमा लिड बल्ब लगायतका ऊर्जा दक्षता भएका विद्युतीत उपकरण उपभोगमा ल्याउने, विद्युतको माग व्यवस्थापन गरी लोडसेडिङ हटाउने र उज्यालो नेपाल अभियानलाई सफल बनाउने उद्देश्यले प्राधिकरले यो कदम अघि बढाएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्