Logo

लोकतान्त्रिक फोरम सरकारमा, तीन मन्त्रालय सम्हाल्ने

लोकतान्त्रिक फोरम सरकारमा, तीन मन्त्रालय सम्हाल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी भएको छ । तीन मन्त्रालयसहित फोरम सरकारमा सहभागी भएको हो ।

लोकतान्त्रिक फोरमले सघीय मामिला तथा स्थानीय विकास, भूमिसुधार तथा व्यवस्था र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्नेछ ।

फोरम अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधान तथा स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् । जितेन्द्र देव र गोपाल दहित मन्त्री हुने भएका हुन्  ।
कमल थापा नेतृत्वको राप्रपा सरकारबाट बाहिरिएपछि तिनै मन्त्रालय हेर्ने गरी गच्छदारलाई सरकारमा ल्याइएको हो । राप्रपा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको विरोधमा बाहिरिएको थियो ।
नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्