काठमाडौं । व्यवस्थापिका संसद्को बैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ। आइतबार १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको हो ।
महाभियोगको सूचनालगायतको कार्यसूचीमा दलीय सहमति नभएपछि बैठक स्थगित भएको हो।
सर्बोच्च अदालतले सदनमा विचाराधीन महाभियोगको प्रस्तावको कार्यसूची अघि नबढाउन शुक्रबार आदेश जारी गरेपछि कार्यसूचीमा दलीय विवाद हुनुका साथै चुनावका लागि बैठक स्थगित भएको हो।
चुनावका लागि सदन स्थगित गर्न सांसद्हरुले माग गर्दै आएका थिए।