काठमाडौं । यस साता सेयर बजारमा कारोवार रकमा उच्च गिरावट आएको छ । देशमा राजनीतिक वातारण विग्रीएसँगै नेप्से परिसुचक ओरालो लाग्नुका साथै कारोवार रकम समेत उच्च रुपमा घटेको हो । यो साता बजारमा परिसुचक सामान्य उकालो लागेपनि कारोवार रकम भने उच्च रुपमा घटेको छ । जुन बजारको लागि नकारात्मक पक्ष हो । बजार अन्तिम दिन १ हजार ६ सय ५३ अंकमा अडिएर बन्द भएको छ ।
अघिल्ला साता बजारमा कुल ५ अर्ब ६९ करोड रुपैयाँ बरावरको सेयर खरिदबिक्री भएकोमा यो साता ३ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर मात्र खरिदविक्री भएका छन् । जसमा १ सय ५४ कम्पनीको झण्डै ५४ लाख कित्ता सेयर कारोवार भए ।
बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १६ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ भने नेपाल एसबिआइ बैंकको १२ करोड ४७ रुपैयाँको सेयर कारोवार भए । यसैगरी तेस्रोमा प्रभु बैंक रहँदा सानिमा माइ हाइड्रोपावर चौथो र प्राइम लाइफ इन्स्योरेन्स पाँचौ स्थामा रहे ।
पछिल्लो समय राजनीतिक घटना क्रमले आइतबार बजारमा गिरावट आउने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ताको मनोविज्ञानमा चलेको बजारमा यो साता भएको राजनीतिक घटनाक्रमले उनीहरुमा नकारात्म धारणा सिर्जना भएको एक लगानीकर्ताले जानकारी दिए ।