बिजखबर संवाददाता
९ माघ, काठमाडौं । शुक्रवार स्थानीय बजारमा चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ ।
चाँदीको मूल्य प्रतितोला ७ सय ६० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधवार चाँदी प्रतितोला रु.७ सय ५५मा कारोवार भएको थियो ।
मंगलवार सुनको मूल्य भने स्थिर रहेको संघले जानकारी दिएको छ । सुनको मूल्य प्रतितोला ५४ हजार तोकिएको छ ।