Logo

कम्पनी ऐनको पहिलो संसोधन, कम्पनी खारेजीमा राहत, भिडियो कन्फ्रेन्सबाटै मिटिङ

कम्पनी ऐनको पहिलो संसोधन, कम्पनी खारेजीमा राहत, भिडियो कन्फ्रेन्सबाटै मिटिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विभिन्न ९ विशेषता सहित कम्पनी ऐन पहिलो पटक संसोधन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कम्पनी ऐनको पहिलो संसोधन बिधेयकमा लालमोहर लगाएसँग परिमार्जन भएर आएको हो ।

कम्पनी ऐन परिमार्जन भएर आएसँगै विद्युतिय प्रणालीबाट मात्रै कम्पनी दर्ता हुन पाउने व्यवस्था गरिएको छ भने जसले कागजी प्रक्रियालाई पूर्णत निषेध गरेको छ । यसैगरी संचालनमा नआएका उद्योग खारेजीका लागि पनि नयाँ कम्पनी ऐनले उद्योगीहरुलाई ठूलो राहत दिएको छ । अबका दिनमा चुक्ता पूँँजीको शुन्य दशमलब ५ प्रतिशत शुल्क तिरेपछि उद्योगीहरुले कम्पनी खारेजी गर्न सकिनेछ ।

नयाँ व्यवस्थासँगै कम्पनी सञ्चालक समितिहरुको बैठकमा भौतिक रुपमै उपस्थिती हुनुपर्ने छैन भिडियो कन्फ्रेन्सबाट सहभागीता जनाउन सक्नेछन् भने प्राइभेट कम्पनीमा ११ जना भन्दा बढिको सञ्चालक समिति बनाउन पाइने छैन् । पुराना कम्पनीले पनि ११ जना मात्रै कायम गर्नु पर्नेछ । नर्याँ ऐनले कम्पनी कार्यालयको शाखा कार्यालय पनि खोल्न सकिने व्यवस्था गरेको छ ।

कम्पनी स्थापना गर्दा लगानीकर्ताले सम्पति सुद्धिकरण गर्न लगानी भएको होइन र गैर कानुनी सम्पति पनि होइन भनेर उद्घोष गर्नु पर्छ भने मुनाफा वितरण नगर्ने कम्पनीले २५ प्रतिशत भन्दा बढि सञ्चालन खर्च गर्न पाउने छैनन् । नयाँ व्यवस्थासँगै ५ करोड रुपैयाँ भन्दा बढि चुक्ता पूँजी भएका दुर सञ्चार कम्पनीले २ वर्षभित्रै सर्बसाधारणमा सेयर जारी गर्नुपर्नेछ ।

नयाँ व्यवस्थाले प्राइभेट कम्पनीको सेयर होल्डरको संख्या पनि थप गरेको छ । यस अधि ५० जना मात्रै सेयर होल्डर हुन पाउने व्यवस्था गरेकोमा अबमा दिनमा १ सय १ जना हुन पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL