Logo

अख्तियार प्रमुखमा दीप बस्न्यातको नाम सिफारिस

अख्तियार प्रमुखमा दीप बस्न्यातको नाम सिफारिस


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । संबैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा दीप बस्न्यातको नाम सिफारिस गरेको छ ।

योग्यताका आधारमा सर्वोच्च अदालतले तत्कालिक प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई पदबार बर्खास्त गरेसँगै बस्न्यातले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

आज बसेको संबैधानिक परिषदको बैठकले बस्न्यातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो । उनको नाम अब संसदीय समितिमा सुनुवाइका लागि जाने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL