बिजखबर संवाददाता
८ माघ, काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सयले घटेको छ ।
सुनको मूल्य प्रतितोला ५४ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलवार ५३ हजार ६ सयमा कारोवार भएको सुन बुधवार ६ सयले बढेर ५४ हजार ४ सय पुगेको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको संघले जानकारी दिएको छ । चाँदीको मूल्य प्रतितोला ७ सय ५५ तोकिएको छ । मंगलवार सुन ५३ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।